Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठमाडौं, ३० मंसिर २०८० । इजरायलको आक्रमणमा परि अल जजीरा टेलिभिजनका पत्रकारको निधन भएको छ। शुक्रबार गाजाको खान युनिसस्थित एक स्कूलमा रिपोर्टिङ गरिरहेका अल जजीराका क्यामेरामेन समेर अबुदाकाको निधन भएको हो। उक्त आक्रमणमा अलजजिराका संवाददाता पनि घाइते भएका छन्।

अक्टोबर ७ पछि मारिने उनी ५९ औं प्यालेस्टिनी पत्रकार हुन् भने हालसम्म गाजामा इजरायलको आक्रमणमा ६६ जना पत्रकारहरूले ज्यान गुमाएका छन्।

अन्तराष्ट्रिय सञ्चार एजेन्सीहरूले इजरायलले गाजा क्षेत्रमा पत्रकारहरूमाथि निसाना लगाइरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया