झापा, २७ मंसिर २०८० । झापाको अधुवा खोला बगरमा अजिङ्गर भेटिएको छ । बाह्रदशी गाउँपालिका– ५ र हल्दिबारी गाउँपालिका– १ को सीमासँग बग्ने अधुवा खोलाको बगरमा मंगलबार मध्यान्ह १२ बजेतिर अजिङ्गर भेटिएको हो ।
स्थानीयले अजिङ्गर देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए । आफूहरूले सो अजिङ्गर गोलधाप प्रहरी चौकीका प्रहरीलाई बुझाएको बाह्रदशी ३ की वडा सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् । आफूहरूले ननापे पनि सो अजिङ्गर सात फुटभन्दा बढी लम्बाइको रहेको उनले बताइन् ।






