Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठमाडौं, ३ मंसिर २०८० । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तहमा भर्ना प्रवेश परीक्षाको लागि आवेदन खुला गरेको छ ।

संस्थान डीनको कार्यालयको अनुसार इच्छुक आवेदकले ७ मंसिरदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थानले विज्ञान तथा प्रविधिको भौतिक शास्त्र, रसायन शास्त्र, वनस्पति शास्त्र, प्राणी शास्त्र, माइक्रोबायोलोजी, मास्टर इन डाटा साइन्स, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि लगायत १९ वटा शैक्षिक कार्यक्रमको लागि आवेदन खुला गरेको छ ।

इच्छुक विद्यार्थीले पढ्न खोजेको विषयको केन्द्रीय विभागको वेबपेज मार्फत मापदण्ड तथा नमुना प्रश्नपत्र हेर्न सक्नेछन् । परीक्षा शाखाको अनुसार आवेदन फारम शुल्क दुई हजार दुई सय तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया