Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, १७ मङ्सिर । संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ ।

भावी प्रधानन्यायाधीश सिफारिसका लागि बसेको सो बैठकमा चोलेन्द्र शमशेर राणा वा दीपकराज जोशी कसलाई सिफारिस गर्ने भन्ने विषयमा सहमति हुन नसकेपछि निष्कर्षविहीन बनेको हो ।
न्याय परिषद्ले जोशीलाई पहिलो नम्बर र राणालाई २ नम्बरमा राखेर परिषद्मा पठाएको थियो ।

सो अनुसार भावी प्रधानन्यायाशीको टुंगो लगाउन सोमबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसेको थियो । अब अर्को २२ गते बस्ने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए ।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल आगामी पुस १८ गतेदेखि सकिँदैछ।

 

तपाईको प्रतिक्रिया