Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

क्यालिफोर्निया, १७ मङ्सिर ।  साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् ।

सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् ।
उनी नवलपरासीका हुन् ।

आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए ।

परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् ।

तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिईन् ।

ठट्टा सोच्दासोच्दै सत्य भयो । उनका साथीले भने ।

तिवारी हाईल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए । ती साथीहरुका अनुसार अरु बेला पनि उनी आत्महत्या गर्ने कुरा गरिरहन्थे ।

अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिँन भन्थ्यो, उनका एक साथीले भने, जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरमगरम भन्थ्यो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments