Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

धरान, १६ मङ्सिर । सुनसरीको धरान उपमहानगरपालिकास्थित चारकोसे जङ्गलमा एक पुरुषको शव फेला परेको छ। आइतबार प्रहरीले धरान(१७ स्थित उदय सामुदायीक वन क्षेत्रमा ५० वर्षीय बखतबहादुर रामदामको शव फेला परेको हो। बखतबहादुर धरान  ५ देवी गाउँ निवासी हुन् ।

उनी गत भदौ १६ गते देखि घरबाट सम्पर्क बिहीन भएका थिए। ज‌गलमा उनको शव सडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। मृत्युको कारण भने नखुलेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुमन तिम्सिनाले जानकारी दिए।डीएसपी सुमनले बखतबहादुरको हत्या वा आत्महत्याबारे अनुसन्धान भैरहेको बताए।

शव पोस्टमार्टमका लागि वीपी प्रतिष्ठानमा ल्याएको छ।शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ । बखतबहादुर हराएपछि परिवारले खोजी गरिदिन यस अगाडि नै इलाका प्रहरी कार्यालय धरानमा निबेदन दिएको थियो। बखतबहादुरका भाइ भुपाल विश्वकर्माले दाजुको मृत्युको विषयमा सत्य तथ्य छानविका लागि माग गरेका छन्।

अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments