Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौँ, १६ मङ्सिर । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह (मास्टर्स) मा प्राइभेट परीक्षा दिन रोक्ने भएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस्तो परीक्षा सञ्चालन गर्ने जिम्मा अब खुला विश्वविद्यालयलाई दिइने बताए।

‘मास्टर्सका सबै विषयमा सेमेष्टरमा पढाइ हुन्छ, वार्षिक प्रणालीको प्राइभेट परीक्षा अब टियूले लिनु हुँदैन भनेर परीक्षा फाराम रोकेका छौं,’ नियन्त्रक जोशीले सेतोपाटीसँग भने, ‘खुला विश्वविद्यालयलाई यो परीक्षा कसरी सञ्चालन गर्न दिनेबारे छलफल भइरहेको छ।’

त्रिविअन्तर्गतको खुला विश्वविद्यालय २ वर्षदेखि सञ्चालनमा छ।

‘अहिलेसम्म राजनीतिशास्त्र र सार्वजनिक प्रशासनमा मास्टर्सको प्राइभेट परीक्षा टियूले लिन्थ्यो, दिनहुँ कक्षा आउन नसक्ने त्यस्ता विद्यार्थीका लागि खुला विश्वविद्यालय छ, उसलाई दिन लागिएको हो,’ जोशीले भने।

उनका अनुसार त्रिविमा हरेक वर्ष ९ हजारसम्म विद्यार्थीले प्राइभेटबाट मास्टर्सको परीक्षा दिने गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments