Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

काठमाडौं, ७ भदौ २०८० । सरकारले एकसाथ ६५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्रालयका ४६९, शिक्षा, विज्ञान तथा प्रविधिका ७४, कानुन न्याय तथा संसदीय मामिलाका ५८, कृषि पशुपन्क्षी विकास मन्त्रालयका १९, वन तथा वातावरणको ३८ गरेर सरकारले एकसाथ ६५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले विभिन्न आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिनुभएको हो ।

सहरी विकास मन्त्रालय अन्तर्गत नयाँ सहर आयोजनालगायत निकायले आर्थिक वर्ष २०८०/८१ को लागि राजपत्राङ्कित श्रेणीका सबैभन्दा बढी ४६९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी सरकारले गीत–सङ्गीतको क्षेत्रमा राष्ट्रलाई पुर्‍याएको योगदानको कदर गर्दै जुठबहादुर टुहुरे खड्गी ९जे।बी।टुहुरे०लाई जनगायक उपाधि प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुने भ्रमण कार्यक्रमसमेत स्वीकृत गरेको छ ।

सञ्चारमन्त्री शर्माले भदौ ६ र साउन ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार एकसाथ सार्वजनिक गर्नुभएको हो ।

 

तपाईको प्रतिक्रिया