Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौं, १४ मङ्सिर । नेपाल वायु सेवा नगिमले खरिद गरेको एअरबस ३३० सिरिजका दुई थान वाइडबडी जहाज भाडामा दिनेगरी सञ्चालक समतिमा अनौपचारिक छलफल भएको रहस्य खुलेको छ।

निगम सञ्चालक समितिका एक सदस्यले जहाज भाडामा दिन प्रस्ताव गरेका हुन् आजको कारोबार दैनिकमा यो खबर छ ।, उनले कुन कम्पनीलाई भाडामा दिने भन्ने नखुलाए पनि निगमका गन्तव्य नथपिएसम्मका लागि भन्दै भाडामा दिने प्रस्ताव गरेका हुन्।

जहाजलाई पूर्ण क्षमतामा उडाएर आर्थिक अवस्था बलियो बनाउन सञ्चालक समिति लाग्नुपर्ने भए पनि सदस्य नै यसरी ‘लबिङ’मा लाग्नुले ठूलै चलखेलको आंशका उब्जिएको छ।

निगम उच्च स्रोतले दिएको जानकारीअनुसार सञ्चालक समितिका केही सदस्यले नै जहाज भाडामा दिने प्रस्ताव गर्नुमा गम्भीर रहस्यको अनुमान गरिएको छ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments