Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा, १५ असार २०८० । चोरी मुद्धामा फरार रहेका दमकका १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका वडा नं.७ का २२ वर्षिय ठुलो भाई भन्ने युवराज वि.क लाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालतको २०७९ असार १६ गतेको फैसला अनुसार चोरी मुद्धामा फरार रहेका वि.क लाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । फैसला कार्यन्वयनको निमित्त जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले वि.क लाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो।

पक्राउ परेका वि.क लाई ३ महिना कैद १० हजार जरिवाना र १५ हजार पिडितलाई क्षति पूर्ति भराउनुपर्ने सजाय तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया