Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौँ, १३ मङ्सिर । कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार निवासमै निकट पदाधिकारी र केन्द्रीय सदस्यसँंग छलफलमा व्यस्त थिए । त्यही बेला महामन्त्री शशांक कोइराला निवासमा उस्तै छलफल चलिरहेथ्यो, संस्थापनइतरको ।

दुवै बैठकका एजेन्डा समान थिए– विधान संशोधनका प्रस्तावमाथि केन्द्रीय कार्यसमितिमा बिहीबारदेखि हुने छलफलमा सामूहिक धारणा बनाउने । विषय एउटै भए पनि दुई बैठकका स्वार्थ फरक थिए ।

सभापति देउवाले आफ्नो पक्षका सदस्यको मात्रै बैठक बोलाउन थालेको इतरपक्षको आरोप छ । पार्टीभित्र सहमति जुटाउन देउवाले केही समयअघिसम्म पदाधिकारी, पूर्वपदाधिकारी र दुवै पक्षका वरिष्ठ सदस्यहरूको बैठक बोलाउने अभ्यास थालेका थिए । अहिले आआफ्नै पक्षका भेला चल्दै छन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

‘सभापति त सिंगो पार्टीको हुनुपर्ने हो तर अहिले एउटा ‘गुट’ को जस्तो देखिएको छ,’ नेता अर्जुननरसिंह केसीले भने, ‘सभापतिले बोलाएको भेलालाई लिएर बैठकमा सबैको आपत्ति थियो ।’ देउवानिकट सहमहामन्त्री प्रकाशरण महतले भने सभापतिबाट नभएर आफूहरूले नै विधानका विषयमा आआफ्ना चासो राखिएको बताए ।

‘सभापतिले बोलाउनुभएको बैठक होइन, हामीले विधानका विषयमा आआफ्ना कन्सर्न राख्न पाउनुपर्‍यो भनेपछि छलफलका लागि बसेका हौं,’  उनले भने, ‘सभापतिले त यसमा मेरो केही छैन, तपाईंहरूको विचार के छ भन्नुहोस् मात्रै भन्नुभयो ।’

दुवै बैठक विधानको प्रस्तावित मस्यौदामा नमिलेका विषयमाथि नै केन्द्रित भए । दुवै पक्षबीच पदाधिकारी थप्नेरनथप्नेमा रस्साकसी छ । प्रस्तावित मस्यौदामा केन्द्रीय कार्यसमिति ८५ बाट बढाएर १ सय ३१ सदस्यीय बनाइँदा पनि पदाधिकारी नथपिएको विषयलाई इतरपक्षले मुद्दा बनाएको छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments