Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौँ, १२ मङ्सिर । राजधानीको कोटेश्वर क्षेत्रमा जाम कम गर्न सुरूङ मार्ग बनाइनेछ।

कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङ मार्ग बनाउन जापानले अध्ययन गर्दैछ।

सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङको अध्ययन गर्ने जानकारी दिए।

‘जापानी टिमले अध्ययन गर्दैछ, अध्ययनपछि कहाँदेखि कहाँसम्म बनाउने टुंगो लाग्छ,’ श्रेष्ठले भने, ‘कोटेश्वरको जाम हटाउन अस्थायी संरचना पनि बनाउन लागेका छौं।’

सुरूङ मार्ग जडिबुटीबाट तिनकुने, बालकुमारी निकाल्ने गरी बनाउने सम्भावना छ। तर ठाउँको टुंगो लागि सकेको छैन।

उनका अनुसार मनोहरा खोलामा अस्थायी पुल बनाइनेछ भने मोटरसाइकलका लागि नयाँ सर्भिस ट्र्याक पनि खोलिनेछ।

‘एकरडेढ महिनाभित्र ती संरचना बनाइसक्छौं,’ श्रेष्ठले भने।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments