Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं , १२ मङ्सिर । आमादब्लम हिमाल आरोहण गरी फर्केका एक अमेरिकी आरोहीको मृत्यु भएको छ। अमेरिकी नागरिक स्टेभेन भिक्तोरको क्याम्प २ मा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो।

उनीसहित ५ टोलीको टोली आमादब्लम आरोहणमा गएको थियो। मंगलबार १२ बजे आरोहण गरी उनीहरू फर्केका थिए। टोलीका अन्य दुई अमेरिकी र दुई नेपाली गाइड सकुशल छन्।

मृतकलाई सिम्रिक हेलिकोप्टरबाट लङलाइन रेस्क्यु गरी काठमाडौं ल्याइँदैछ।

तपाईको प्रतिक्रिया