Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

काठमाडौ, २९ जेठ २०८० । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ ।

आईतवार काठमाडौंको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको बिरोध गरेका हुन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने विषय उल्लेख नगरेको र बजेटमा आफूहरुलाई कुनै सम्बोधन नभएको भन्दै बिरोध जनाएको हो । बिरोध कार्यक्रमका क्रममा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले २०७९ भाद्र १९ गते तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको मन्त्रीस्तरीय निर्णय गरी सामुदायिक विद्यालय कर्मचारीको दुई तहको तलवमान वृद्धि गर्ने भनेपनि बजेटमा कुनै सम्बोधन नभएकाले बाध्य भइ बिरोध गर्नुपरेको बताउनु भयो ।

उहाँले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरेपनि असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिनुभयो । उहाँले जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन बस्नेपनि बताउनु भयो ।

उनीहरुले संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, बुँदा नम्बर १२७ लागू गर्नुपर्ने लगायतका माग राखि बिरोध प्रदर्शन गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया