Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौं, ११  मंसिर । अमेरिकी अन्तर्राष्ट्रिय अध्ययन संस्था ९नासा०ले आफ्नो नयाँ रोबोटलाई मंगल ग्रहमा उतारेको छ। ‘द इनसाइट प्रोव’ नाम दिइएको यो रोबोटले मंगल ग्रहको भित्री सतहको अध्ययन गर्नेछ। पृथ्वीपछि कुनै ग्रहको यति गहिरो अध्ययन गर्न लागिएको पहिलो पटक हो।

यो रोबोट नेपाली समयअनुसार मंगलबार बिहान करिब ३ बजेर ४० मिनट जाँदा मंगल ग्रहमा उत्रिएको थियो। मंगल ग्रहको सतहमा उत्रिएपछि रोबोटले पृथ्वीमा रेडियो सन्देश पठाएको थियो।

सन्देश आएसँगै नासामा खुसी छाएको थियो। त्यो सन्देश उनीहरूले पठाएको रोबोटले मंगल ग्रहमा भर्खरै सुरक्षित अवतरण गरेको प्रमाण थियो।

नासाका प्रमुख जेम्स ब्राइडेनस्टाइनले लगत्तै प्रतिक्रिया दिए, ‘हाम्रा लागि यो गजबको दिन हो।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गेरर नासालाई बधाई दिएको पनि उनले बताए।

नासाका अर्का डाइरेक्टर माइक वाटकिन्सले भने,‘यो सफलताले हामीलाई स्मरण गराएको छ, विज्ञानलाई अगाडि बढाउन हामी सधैँ साहसी र अन्वेषक हुनुपर्छ।’

रोबोट अहिले मंगल ग्रहको भूमध्य रेखा नजिकैको विशाल, समथर भागमा बसेको छ। नासाले यो भूभागलाई मंगल ग्रहको सबैभन्दा ठूलो पार्किङ क्षेत्रु भनेको छ।

रोबोटले आफू मंगल ग्रहमा उत्रिएको केही मिनेटमै वरिपरिका चित्र पठाउन सुरू गरेको छ। रोबोट उत्रिँदा उडेको धुलोका कारण फोटो धेरै सफा नभए पनि केही दिनमा सफा फोटा आउन थाल्ने नासाले जनाएको छ।

श्रोत: एजेन्सी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments