Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौं, ९ मंसिर । इँटाभट्टामा राखिएको माटोको ढिस्कोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुङ्गलमा माटोको ढिस्कोले पुरिँदा बागलुङका ३९ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको हो ।

प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाका अनुसार हिरा इँटा उद्योगमा राखिएको माटोको ढिस्कोमा उनी पुरिएका थिए ।

‘पुरिएको देखेर त्यहाँ रहेका अन्य मानिसले निकालेर अस्पताल लगेका थिए’, लामाले भने, ‘तर, बेहोसी अवस्थामा अस्पताल पुर्‍याइएका उनको स्थानीय ओमः समाज हस्पिटलमा उपचारका क्रममा मृत्यु भयो ।’

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments