Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं, ९ मंसिर । संसदको सार्वजनिक लेखा समितिका सभापति भरत शाहले आइतबारको समितिको बैठकमा नेपाल वायु सेवा निगमले खरिद गरेको एअर बसका दुई वाईडबडी विमान खरिदमा अबौं घोटला भएको दावी गरेका छन् ।उनले बैठकमा बोल्दै खरिद गर्दा प्राप्त हुने १० प्रतिशत कमिसनको रकम कता गयो भनेर प्रश्न गरेका छन् ।

निगमले आयरल्याण्डको विक्रेता कम्पनीबाट करिब २४ अर्ब रुपैयाँमा एअर बसले उत्पादन गरेका दुई वटा वाइडबडी विमान खरिद गरेको थियो । सो खरिद प्रक्रियामा उत्पादक कम्पनीले वैध रुपमा क्रेतालाई कमिसनका रुपमा १० प्रतिशत दिने प्रचलन भएकाले सो रकम कता गयो भनेर प्रश्न समितिमा उठेको छ ।

यस्तै समितिमा विमानको स्वामित्वबारे पनि आशंका भएको भन्दै विमान खरिदको प्रमाणपुर्जाबारे पनि प्रश्न गरिएको छ ।समितिमा एअर बसले ४९ प्रतिशतसम्म छुट दिने गरेको भन्दै यस्तो छुटको प्रस्ताव किन नगरेको भन्दै प्रश्न गरिएको छ ।

बैठकमा नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले गठन गरेको छानविन समितिको नियतमाथि पनि प्रश्न उठाइएको छ । निगम सञ्चालक समितिका पदाधिकारी नै छानविन समितिमा रहेको भन्दै त्यस्तो छानविन समितिले निकालेको निश्कर्ष निष्पक्ष हुनेमा समितिले आशंका गरेको छ ।

मन्त्रालयले विमान खरिद सम्बन्धि निर्णय प्रक्रियामै संलग्न रहेका व्यक्तिहरुलाई समावेस गरेर छानविन समिति बनाएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments