Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसको कांग्रेसमा केन्द्रीय सदस्य एक सय ४१ बनाउने प्रस्ताव नेपाली कांग्रेसको भएको छ। विधान मस्यौदा समितिले केन्द्रीय सदस्य एक सय ४१ बनाउने प्रस्ताव सहितको प्रतिवेदन पेश गरेको हो।
हाल कांग्रेसमा ८५ जना केन्द्रीय सदस्य रहने परिपाटी छ। विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा आफ्नो समितिको प्रतिवेदन पेश गरे। साथै प्रस्तावित विधानमा पदाधिकारीको संख्या बढाउने दुईवटा र घटाउने एउटा प्रस्ताव पनि समावेश छ। अब उक्त प्रतिवेदन कांग्रेस केन्द्रीय सदस्य समितिमा छलफल हुनेछ।
कांग्रेसको अर्को केन्द्रीय समिति बैठक १३ गते बस्ने छ। केन्द्रीय समितिले निर्णय गरेर विधानलाई महासमिति बैठकमा लैजाने छ। महासमिति बैठकको दुई तिहाईले पास गरेमा मात्रै कांग्रेसले नयाँ विधान पाउनेछ।

विधानमा कसैलाई पनि दोहोरो भूमिका नदिने, अनुशासन समिति जिल्ला प्रदेश र केन्द्रमा रहने प्रस्ताव गरिएको छ। निर्वाचनका समयमा उम्मेदवार एक महिना भित्र सिफारिस गरिसक्नु व्यवस्था समेत गरिएको छ। विधान मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले सबै कलस्टर मिलाउँदा केन्द्रीय सदस्य धेरै हुने प्रस्ताव गरिएको बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments