Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजानिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार एमाले–माओवादी सम्मिलित वाम गठबन्धनले दुई तिहाई भन्दा बढी क्षेत्रमा विजय हासिल गरेका छन् ।

६०–४० प्रतिशतको भागबण्डमा गठबन्धन बनाएर उम्मेदवारी दिएका एमाले–माओवादी नेताहरुले निर्वाचन परिणाम सोचेअनसार नै आएको बताएका छन् । तर, ६०–४० को भागबण्डार र जितको अनुपातलाई हेर्दा माओवादी घाटामा देखिन्छ । एमाले एक्लैले यो निर्वाचनमा कुल निर्वाचन क्षेत्रमध्ये ४८.४८ प्रतिशत सिट जितेको छ भने माओवादी केन्द्रले २१.८१ प्रतिशत सिट जितेको छ ।

एमाले–माओवादीको भागबण्डामा पनि वाम गठबन्धनले जितेको सिटमध्ये ६८.९६ प्रतिशत सिट एमाले जितेको छ भने माओवादीले जम्मा ३१.०४ प्रतिसत सिट जितेको छ । माओवादी उम्मेदवारहरुमध्ये धेरैे यो निर्वाचनमा पराजय व्यहोरेकाले ६०–४० को अनुपात नमिलेको हो । एमालेबाट उम्मेदवारी दिएका अधिकांशले चुनाव जितेका छन् ।

बैज्ञानिक रुपमा हिसाब नगरी निर्वाचन क्षेत्र बाँडफँड गरेकाले माओदादी धेरै क्षेत्रमा पराजित भएको नाम नखुलाउने शर्तमा माओवादी केन्द्रका एक नेताले खबरडबलीलाई जानकारी दिए । उनका अनुसार माओवादी र एमाले दुबै पार्टी कमजोर भएको निर्वाचन क्षेत्रजति माओवादी केन्द्रको भागमा परेकाले सोचेजति जित नभएको हो । ‘एमालेले वाम गठबन्धन बलियो भएका क्षेत्र आफुलाइृ राखेर कमजोर क्षेत्र माओवादीलाई दियो,’ उनले भने, ‘क्षेत्र बाँडफँडका बेला माओवादीले एमालेसँग टिकट माग्नु पर्ने जस्तो अवस्था थियो ।’

चुनावअघि एमाले–माओवादीले चुनावी तालमेलसहित पार्टी एकता गर्ने भन्दै घोषणा पत्रसमेत एउटै बनाएर निर्वाचनमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments