Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

झगेन्द्र खड्का
गौरादह, ८ मंसिर । गौरिगञ्ज ६ खजुराछी स्थित आठमौजा सहकारी संस्थाले खुल्ला म्याराथुन दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
संस्थाले दशौं बार्षिक उत्सवको अवसरमा दौड प्रतियोगिता आयोजना गरेको हो । दौडमा संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी , शिक्षक, पत्रकारहरु सहित युवा युवतीहरु सहभागि भएका थिए ।

स्वास्थ्यका लागि दौड भन्ने मूल नाराका साथ चार किलोमिटर दौडमा करिब ३ सय जनाको सहभागिता रहेको थियो ।
दौडमा आवस्यक पूर्व सावधानीकालागि संस्थाले प्रथमिक उपचार, एम्बुलेन्स र स्वयम्सेवकहरुको ब्यवस्था गरेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

दौडमा दमक ८ का मेघराज राईले १५ मिनेटमा दुरी पार गर्दै प्रथम भएका थिए । त्यसैगरी गौरादह ७ का महेश कार्कीले १६ मिनेटमा दुरी पार गरी दोस्रो र गौरिगञ्ज ६ का शसस्त्र प्रहरी संजय मर्डीले १७ मिनेटमा दुरी पार गरी तेस्रो भएका थिए ।

प्रतियोगितामा विजेताहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र हातपारेका थिए । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति अर्जुन दंगालले संस्थाले प्रत्यक बर्ष स्थापना दिवसको अवसरमा विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आएकोमा यस बर्ष खुल्ला म्याराथुन दौडको आयोजना गरी बार्षिक उत्सवको उद्घाटन गरेको बताए । उनले आइतबार संस्थाको दशौं वार्षिक उत्सव थप बिबिध कार्यक्रम गरी समापन गरिने जानकारी गराए ।

गौरिगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष मखना महतो, नन्दराज थापा लगाएतले मन्तब्य राखेको संस्थाका ब्यवस्थापक नगेन्द्र ढकालले बाताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments