काठमाडौं, १६ चैत २०७९ । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएका छन् ।
बंगलादेशको ढाकामा आयोजना भएको प्रतियोगिता खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किएका हुन् ।
प्रतियोगितामा नेपाल चौंथो स्थानमा रहेको थियो ।
एक जित र एक बराबरी खेलेको नेपालले ४ अंक जोडेको थियो ।
प्रतियोगिताको उपाधि आमन्त्रित टोली रसियाले जितेको थियो ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको थियो ।