Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं, २ चैत २०७९ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अवधि बिहीबार राति १२ बजेदेखि सुरु हुँदैछ। स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका, २०७९ को दफा ११ मा स्ववियु निर्वाचन आचारसंहिता उल्लेख गरिएको छ। सो अन्तर्गत मतदान हुनुभन्दा ४८ घण्टादेखि अगाडिदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने व्यवस्था राखिएको छ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचनलाई सहजीकरण गर्न मौनअवधि राख्ने व्यवस्था भएको बताउनुभयो।

प्राध्यापक अधिकारीले भन्नुभयो, “खासमा के हो भने, यो समयावधिमा अनावश्यक कोही, कतै प्रभावित नहुन् भन्ने हिसाबले राखिएको समयावधि हो। त्यो समयावधिमा क्याम्पसले आफ्नो आन्तरिक काम पनि सहज ढङ्गले गर्न सक्ने वातावरण बन्ने, अर्कोतिर मतदातालाई गलत ढङ्गले प्रभावित पार्न नमिल्ने भएकाले शून्य समय राखिएको हो।”

उहाँले यो एक किसिमले परम्परा जस्तो पनि भएको बताउनुभयो। “यो परम्परा जस्तो पनि भयो”, उहाँले जोड्नुभयो।

 

तपाईको प्रतिक्रिया