Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

काठमाडौं, २१ फागुन २०७९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा बैशाख २६ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

कार्यालयले साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्ने छ ।

 

तपाईको प्रतिक्रिया