Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौं, ४ मंसिर  । रुपन्देहीका जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कोषहरि निरौला घुससहित पक्राउ परेका छन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं कार्यालयबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

उनले ठगी मुद्दा मिलाइदिने बाहनामा सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियार टोली पुगेको थियो ।

आफ्नै कार्यालय परिसरबाट घुसवापतको रकमसहित उपन्यायाधिवक्ता निरौलालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments