Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

गौरादह, ३ मंशिर । झापाको गौरादह जेसीजले जेसीज सप्ताहा २०१८उद्घाटन गर्दै मैत्रीपूर्ण भलिवल खेल आज सम्पन्न गरेको छ ।

साुदायिक विद्यालयका शिक्षक तथा संस्थागत विद्यालयका शिक्षक बीचको मैत्रीपूर्ण खेलमा संस्थागत विद्यालय शिक्षकले जीत हातपारेका थिए । औपचारिक कार्यक्रम गरी जेसीज सप्ताहा उद्घाटनको पहिलो दिनको सो मैत्रीपूर्ण खेल माउण्ट एभरेष्ट माध्यमिक विद्यालय गौरादहको खेलमैदानमा सम्पन्न भएको खेल संयोजक जेसी प्रकास भट्टराईले बताए ।

जेसीज सप्ताहा अन्तर्गत पहिले दिन मैत्रीपूर्ण भलिवल खेल, भोलि मंगलबार दुर्गादेवी आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण, ५ गते बुधबार गौरादह बजारको दुर्गा मन्दिर प्रङ्गणमा महिला समूहबीच हाजिरीजवाफ प्रतियोगिता तथा समापनका अवसरमा मंसिर ७ गते अन्तर माध्यमिक विद्यालय नृत्य प्रतियोगिता गौरादहको सामुदायिक भवनमा सम्पन्न गरिने सप्ताहा कार्यक्रमका मूल संयोजक जेसी माधव कोइरालाले बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह जेसीज २०१८ का अध्यक्ष जेसी हेमचन्द्र घिमिरे राजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पेब्सन प्रदेश नं १का अध्यक्ष नारायण घिमिरेकाले खेल एम्पाएर निर्मल बाँस्तोलालाई भलिवल हस्तान्तरण गर्दै जेसीज सप्ताहा उद्घाटन गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि गौरादह वार्ड नं २ का अध्यक्ष हेमन्त कार्कीले सप्ताहा सफलताको शुभकामना मन्तब्य व्याक्त गर्दै जेसीजलाई समाज परिवर्तनका रचनात्मक कार्यमा उदहारणीय रुपमा निरन्तर अधिबढ्न सुझाएका थिए । मूल संयोजक जेसी कोइरालाले जेसीज सप्ताहा कार्यक्रमको औचित्य प्रकाश पारेको सो कार्यक्रम गौरादह जेसीजका महासचिव जेसी एकराज घिमिरेले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments