Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

काठमाडौं, ३ माघ २०७९ । विशेष अदालतले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा घोटला गरेको अभियोगमा यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखदेखि नेपाल प्रहरीका डीएसपी, इन्सपेक्टर गरी ७ जनालाई दोषी ठहर गरेको छ ।

दोषी ठहर हुनेहरुमा एकान्तकुनाका तत्कालीन प्रमुख आनन्दकेशरी पोखरेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० नवराज थापा, इन्सपेक्टर मुरारी मिश्र, अवकाश प्राप्त शाखा अधिकृत राममणि पोखरेल, अवकाशप्राप्त इन्जिनियर बासुदेव पोखरेल, शाखा अधिकृतहरु शम्भूप्रसाद थपलिया र इश्वरराज रेग्मी रहेका छन् ।

लाइसेन्सको परीक्षामा अनुतीर्ण भएकाबाट समेत मोटो रकम लिएर उतीर्ण गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख आनन्दकिशोरी पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

विशेष अदालतका न्यायाधीशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले मुद्दा चलाइएका मध्ये ७ जनालाई दोषी ठहर गरेको हो ।

उनीहरुविरुद्ध अख्तियारले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको र परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा दुई वटा मुद्दा चलाएको थियो । राजस्व चुहावट गरेर भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका तत्कालीन कार्यालय प्रमुख पोखेरललाई ८ महिना कैद र ९ हजार जरिवानाको फैसला सुनाइएको छ ।

डीएसपी थापा र इन्सपेक्टर मिश्रलाई ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । बाँकी ३१ जनाले भने सफाइ पाएका छन् ।ईमेजखबरबाट साभार

 

तपाईको प्रतिक्रिया