Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौं, ३ मंसिर । सेमिफाइनलमै रोकियो नेपालको यात्रा, भारतसँग १–० ले पराजित । गुवाहाटी रंगशालामा आइतबार भएको खेलमा भारतको मनिपुरले नेपालको सिएमजी भेट्रान क्लबलाई १–० गोलले हरायो ।

अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल सेमिफाइनलमा त्यति जम्न सकेन ।

नेपालले समूह चरणको पहिलो खेलमा भारतको डिमापुरलाई २–१ गोलले हराएको थियो । दोस्रो खेलमा मेट्रो आसामलाई गोलरहित बराबरीमा रोकेको नेपालले तेस्रो खेलमा आसामलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

भारतको युनाइटेड ब्रदर्स क्लबले आयोजना गरेको प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments