Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

भैरहवा, १ मंसिर २०७९ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमा नाका बेलहियामा सुरक्षा चेकजाँचलाई कडा गरिएको छ ।

निर्वाचनको मिति नजिकिएसँगै छिमेकी मुलुक भारतबाट हातहतियार, विस्फोटक पदार्थ, लागुऔषध तथा अवैध वस्तु भित्रिन सक्ने भन्दै प्रहरीले चेकजाँचलाई कडा बनाएको हो ।

रुपन्देही प्रहरीले सीमा नाका बेलहियालगायत सीमावर्ती क्षेत्रमा डग स्निफिङ ९कुकुरको सहायता०सहितको सुरक्षा चेकजाँचलाई प्रभावकारी रूपमा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उहाँले इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठको नेतृत्वमा बिहीबार बिहानबाट सीमावर्ती क्षेत्रमा निर्वाचनलक्षित सुरक्षा चेकजाँच सुरु गरिएको बताउनुभयो ।

प्रहरी उपरीक्षक अर्यालले निर्वाचन केन्द्रित सुरक्षा चेकजाँचलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउने र यसलाई निर्वाचन अवधिभर जारी राख्ने बताउनुभयो ।

यस्तै, नेपाल भारत सीमावर्ती जिल्लाहरूको सुरक्षा समन्वय बैठकले मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द (सिल) गर्ने निर्णय समेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments