Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौँ, १३ कार्तिक २०७९ । भारतको गुजरातस्थित पुल भाँचिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । मोर्बी सहरस्थित माचु नदीमा भएको यस्तो घटनामा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन् ।

झोलुंगे पुल भाँचिएको भिडियो स्थानीयहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जहाँ सयौं मानिसहरू फसिरहेको देखिन्छ । बीबीसीका अनुसार उक्त पुलमा दुर्घटना हुने बेला करिब ४ सय मानिसहरू त्यहाँ थिए । स्थानीय अधिकारीहरूले भने दुर्घटनामा परेकाहरूको उद्धार प्रयास गरेको बताएका छन् ।

भारतीय मिडियाका अनुसार उक्त पुल मर्मत गरी पुनस् सञ्चालनमा आएको केही दिनपछि नै भाँचिएको हो । गृहप्रान्त गुजरात रहेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुस्ख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन् ।

स्थानीयहरूले सार्वजनिक गरेको भिडियोमा देखाइए अनुसार अँध्यारोका बीच नदीमा फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिएको छ । साथै उद्धारका लागि छिमेकी जिल्लाहरूबाट पनि उद्धारकर्मी तथा सुरक्षाकर्मीहरू पठाइएको छ ।

भारतीय सञ्चार माध्यम एनडीटीभीका अनुसार उक्त दुर्घटनापछि नदीमा १ सयभन्दा धेरै मानिस फसिरहेका छन् । साथै मृतकको संख्या बढ्नसक्ने स्थानीय अधिकारीहरूले जनाएका छन् । यद्यपि मृतक र नदीमा फसेकाहरूको संख्याबारे विभिन्न मिडियाले फरक फरक तथ्यांक दिएका छन् ।

 

तपाईको प्रतिक्रिया