Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं, २ मंसिर । प्रहरीले ७ लाख ६० हजार नगदसहित १३ जुवाडेलाई काठमाडौंबाट रंगेहात पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरले शनिबार राति बत्तिसपुतलीको एक घरमा जुवा खेल्दै गरेका उनीहरुलाई नगदसहित समातेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले ७ लाख ६० हजार नगदसहित पक्राउ परेका १३ जनालाई अहिले गौशाला प्रहरीमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रवक्ता बोगटीका अनुसार, उनीहरुमाथि जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।

पछिल्लो समय काठमाडौं प्रहरीले जुवातासमा कडाइ गर्दै गएको छ । यसअघि गत असोज १९ गते राति प्रहरीले काठमाडौंको मूलपानीमा जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा २ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments