Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, १८ असोज २०७९ । जनकपुरमा भिषण आगलागी भएको छ । जनकपुर कदम चोकमा रहेको हेलमेट पसलमा सोमबार राति लागेको आगोले सँगै रहेका तीन घरमा समेत क्षति पुगेको छ । आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ ।

गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका सिनुरजोडाका २२ वर्षीय सुभाष यादव गम्भिर घाइते भएका हुन् । आगलागीमा परेका अन्य दुई जनाको पहिचान खुल्न सकेको छैनन् ।

यादवको उपचार जनकपुरमा सम्भव नभएपछि काठमाडौं ल्याइएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया