Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

३० कात्तिक । बार्सिलोना। गाउँमा आफ्नैविद्यालय भवन थिएन। कहिले मामाको घरमा त कहिले काकाको घरमा बसेर पढ्थे, ओखलढुंगाका जनानर्दन गौतम ।

कठिनपूर्वक विद्यालय शिक्षा आर्जन गरेका गौतम १८ वर्षदेखि स्विट्जरल्याण्डको बेटिङगेनमा छन् । त्यहाँ ट्राभल एजेन्सी सञ्चालन गरेको गौतमको तन त्यता भए पनि मन भने उही गाउँतिरै हुन्थ्यो । ३ कक्षासम्म पढ्दासमेत विद्यालयको कक्षाकोठा नदेखेका र त्यसपछि पैदल हिँडेर अर्को विद्यालय जान विवश बालबालिकाको बाध्यताले च्वास्स घोच्थ्यो, चिमोट्थ्यो । लाग्थ्यो– यी बालबालिकालाई आफ्नै गाउँमा पढ्ने विद्याको मन्दिर बनाइदिन पाए ।

यही घिडघिडोले गौतमलाई यति सतायो कि उनी सन् २००२ मा गाउँ फर्किए। जस्तो छोडेको गाउँ त्यस्तै नै थियो। कुनै परिवर्तन थिएन। गाउँले कुराले उनको मनमा स्कुल बनाउनु पर्छ भन्ने संकल्प थप जाग्यो। अन्ततः उनले झन्डै ४ लाख रुपैयाँ खर्च गरेर स्कुल बनाए।

ढुंगा, माटो,काठ र जस्ताको छानो लगाएर त्यतिबेलाको चलन अनुसारको चारकोठाको स्कुल बन्यो । गाउँलेहरु खुसी भए । बच्चाहरुको दुःखको दिन गए, आफ्नै गाउँको विद्यालयमा पढ्न पाए ।

गाउँलेले चन्दा उठाएर एक शिक्षक राखेर पठनपाठन अघि बढाइरहेका बेला सरकारले एक शिक्षकको दरबन्दी दियो । गाउँलेलाई ढुंगा खोज्दा देउता मिलेजस्तै भयो ।

केही वर्ष विद्यालय ठीकठाक चलेकै थियो । तर, सन् २०१५ को महाभूकम्पले गाउँका घरहरु मात्र होइन, गाउँको एउटै विद्यालयसमेत बाँकी राखेन, गल्र्यामगुर्लुम्म ढालिदियो । गौतम सम्झन्छन्, ‘दुःख गरेर बनाइएको विद्यालय ढलेपछि गाउँको समस्या जहाँको त्यहीँ नै फर्कियो।’

गौतमलाई फेरि निद्रा परेन । पहिले झैँ साथीभाइ बोलाए, दालभात खुवाए र स्कुलका लागि सहयोग जुटाए।’

भूकम्पले ढलेको पोकली–१, लेती ओखलढुंगामा रहेको श्री पुरुषोत्तम आधारभूत विद्यालय गौतमकै प्रयासमा पुनः ९ फेब्रुअरी २०१७ देखि संचालनमा आयो।

जनादर्न गौतम प्रतिष्ठानको सहयोग तथा उनका स्विस साथीहरुको सहयोगमा १२ लाख रुपैयाँ खर्च गरेर भत्केको स्कुल ठड्याउन पाउँदा गौतम खुसी छन् । गौतमकै सक्रियतामा विद्यालय भवन ठडिएपछि खुला आकाशमा बस्न बाध्य ३५ बालबालिकाले विद्यालय भवन पाएका छन् ।

‘भूकम्पले तहसनहस बनाए आफ्नै बलबुताले स्कुल बनाएका छौं । गाउँलेलाई पनि हामी हारेका छैनौं भन्ने आत्मविश्वास बढेको छ’, गौतमले प्रशन्न हुँदै भने ।

एक विद्यालयको छाहरी हालिदिएका गौतमले आगामी वर्ष लिखु गाउपालिका –१ चिउरीडाँडामा भूकम्पले भत्केको अर्को विद्यालय बनाउने योजनासमेत बनाएका छन् । हेल्प नेपाल डट सि।एजमार्फत् १५ लाख रुपैयाँको लगानीमा श्री चिउरी डाँडा माध्यमिक विद्यालयको पुननिर्माण गर्न उनी आतुर छन् ।

सरकारको मुख ताक्ने प्रवृत्ति त्यागेर आफ्नो गाउँ बनाउन अग्रसर हुनुपर्ने गौतम बताउँछन् । विदेशमा लाखौं युवा रहेकाले सबैले आफ्नो गाउँको विकासका लागि पहल गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले लाखौं युवा विदेशमा छन्, कम्तीमा आँफू जन्मेको गाउँलाई कुनै न कुनै रुपमा सम्झने हो भने गाउँले जीवनमा परिवर्तन आउँथ्यो कि ?’ आफू गाउँ जाँदा गाउँलेले फूलमाला मात्र होइन मनकै माला लगाएर स्वागत गर्ने गरेको स्मरण गर्दै उनले भने ।
ध्वस्त विद्यालयमा गौतमको नजरस् भूकम्पले भत्काइदियो, उनले उठाइदिए
भन्छन्– विदेशमा रहेकाले गाउँबारे सोचे देश माथि उठ्छ

बार्सिलोना। गाउँमा आफ्नैविद्यालय भवन थिएन। कहिले मामाको घरमा त कहिले काकाको घरमा बसेर पढ्थे, ओखलढुंगाका जनानर्दन गौतम ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments