Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

गौरादह, १८ भदौ २०७९ । नेपाली गित संगीतमा उदयमान युवा कलाकार भुवन खड्का साथै प्रतिभा पौडैलको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । बम थापाको शब्दमा गायक बादल थापाको आवाजमा रहेको गीत ‘शंका’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । ‘शंका’ एल्बममा रहेको यस गीतको भिडियो निर्देशन अशोक लाखे ले गरेका हुन् ।

समसामयिक कथा वस्तु समेटिएको भिडियो अमृत मिडिया युटुब च्यानलबाट सार्वजनिक गरिएको कलाकार खड्काले जानकारी दिए । खड्काको जन्म वि.सं. २०५० चैत २१ गते संखुवासभाको सौरिनी भन्ने स्थानमा भएको हो । उनको बाल्यकाल धनकुटाको महालक्ष्मी नगरपालिका डाँडागाउँ मा बितेपनि २०६५ साल तिर झापाको गौरादह बाट व्यवसायिक तथा कलाकारितामा लागेको उनि बताउँछन् । विगत एक दशक देखि कला क्षेत्रमा लागिपरि रहेका उनि स्थानिय ठाँऊमा नै रहेर राष्ट्रिय तथा स्थानीय कला संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने सोच भएका खड्काले हाल सम्म धेरै प्रोजेक्ट मा काम गरि सकेका छन । उनी आफु एक व्यवसायि भएता पनि कला क्षेत्र लाई विशेष समय दिने गर्दछन हाल सम्म उनले दुई वटा नेपाली ठुलो चलचित्र मधुमाला र मेरो दिल मा अभिनय गरि सकेका छन भने दर्जनौ म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन भने, दुई दर्जन भन्दा बढी सानो चलचित्रमा अभिनय गरि सकेको उनि बताउँछन् । साथै डिसहोम बाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘तितो पिरो’ मा समेत उनलाई देख्न सकिन्छ।
उनी हुन त एक कलाकार मात्र नभएर बहुप्रतिभाका धनि भनेर आज भोलि दर्शकको माया पाउन थालेका छन । उनले रचेका गित स्थानिय तथा राष्ट्रिय गायकहरु ले स्वर भरि सकेका छन । ‘छोडि जान्छौ विपनि मा फर्की आउछौ सपनिमा’ उनले भरेका शब्दहरु नेपाल आईडल तथा सारेगम टप टेन गायिका मेनुका पौडयालले ले समेत आवाज दिइ सकेकि छन भने उनी नेपाली कथानक चलचित्र ‘मेरो दिल’ का निर्माता समेत हुन् । उनले निर्माण गरेका अन्य धेरै सानो चलचित्र तथा म्युजिक भिडियो हेर्न सक्छौ। दर्शकको माया सँगै आज भोलि उनलाई म्युजिक भिडियोको सुटिङ तिर व्यास्त रहेको देख्न सकिन्छ।

यस्तै, प्राविधिक क्षेत्रमा भने चलचित्र जगतमै लामो अनुभव बटुलेका छायांकन देव सिग्देल, ड्रोन नगेन धिमाल, शृङगार सोम मग्राति,सुमन मग्राति, भिडियो कलर तथा सम्पादन मुहासिँह थापामगर रहेका छन् । गित रेकर्डिङ्ग अलंकार स्टुडियोमा गरिएको छ भने, गीतको सम्पादन मुहाक्रेटिभ्स स्टुडियो उर्लाबारीमा गरिएको छ ।
यस भिडियोका निर्देशक अशोक लाखे भन्छन् ‘पुर्वकै राम्रो टिम सँग काम गर्न पाउँदा काम सोचे जस्तो भएको छ, हामी काठमाडौ बाट केन्द्रीय स्तरका झै काम निकाल्न नसकुला तर स्थानीय स्तरमै रहेर दर्शकको मन जित्ने काम भने गर्न लागि परिरहेकाछौ।

 

 

 

तपाईको प्रतिक्रिया