Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

झगेन्द्र खड्का
गौरादह, १७ साउन २०७९ । गौरादह जेसीजले १०औं स्थापना दिवसका अवसरमा गरिब तथा बिपन्न विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै तालिम सप्ताह संचालन गरिरहेको छ। तालिम सप्ताह अन्तर्गत मंगलबार उद्योगी र व्यवसायिहरुलाई कर सम्बन्धि अवधारणाको जानकारी गराउन गौरादहमा कर शिक्षा कार्यक्रम संचालन गरिएको छ।

गौरादह जेसीज र गौरादह उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संचालन गरिएको कर शिक्षा कार्यक्रममा नगरपालिका भित्रका ८० भन्दा बढी व्यवसायिहरुको सहभागीता रहेको थियो। कर शिक्षा कार्यक्रममा सहभागीहरुलाई आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख डमरु प्रसाद पराजुली र कर अधिकृत देबेन्द्र लिम्बुले सहजिकरण गरेका थिए। कर शिक्षा कार्यक्रममा सहजिकरण गर्दै उद्योगी व्यवसायिहरुलाई करको अवधारणा, करको आर्थिक ऐन सम्बन्धि करका दर रेटमा भएका परिवर्तन, कर भुक्तानी प्रक्रिया, कर कार्यालय र करदाता बिच शून्य दुरि कायम गरि अनलाइन बाट कर भुक्तानी गर्न सकिने तरिका र कर समयमा तिर्दा हुने फाइदा लगायतका बिषयमा प्रशिक्षण दिएका थिए।

गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जेबि कार्कीले उद्योगी व्यवसायिहरुलाई कर शिक्षा कार्यक्रम आयोजना गर्नुको औचित्य दर्साएका थिए। कार्यक्रममा सहभागीका तर्फबाट नमस्ते बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ददिराम घिमिरेले मन्तब्य राखेका थिए।तालिम सप्ताह अन्तर्गत गौरादह जेसीजले किसानलाई कृषि अभिमुखिकरण,जेसिज सदस्य शिक्षा लगायतका तालिम र योग तथा ध्यान शिबिर संचालन गरेको र बुधबार नारि आत्मरक्षा तालिम संचालन गर्ने गौरादह जेसीजका पुर्ब अध्यक्ष क्रान्तिदिप काफ्लेले जानकारी गराए।

गौरादह जेसीज बर्ष २०२२ कि अध्यक्ष बिनिता कटुवालको सभापतित्वमा तालिम कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा गौरादह जेसीजका पुर्ब अध्यक्ष तारा कुमार श्रेष्ठ र हरिषचन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक जेसी सुमन खत्रीले स्वागत मन्तब्य राखेको कार्यक्रममा महासचिव जेसी खड्गबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments