Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

झगेन्द्र खड्का
गौरादह, १४ वैशाख २०७९ । स्थानीय निर्वाचन नजिकिए सँगै राजनीतिक दलहरु कार्यकर्ताहरुका साथ भोट माग्न मतदाताका घर आँगनमा पुगेका छन। स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गरे सँगै गाउँ घरमा चुनावी माहोल तातिएको छ। आफ्नो दलका उमेदवार लाई बिजय गराउन चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन।

राजनीतिक दलहरु नेता कार्यकर्ताका साथ गाडीमा पार्टीको झण्डा राखेर चुनावी नारा सहित मतदाताका अगाडि पुगेर आफ्नो पार्टीका उमेदवारलाई मतदान गरि बिजय गराउन अनुरोध गरिरहेका छन।यश पटक आफ्नोे पार्टीका उमेदवारलाई बिजय गराएमा समृद्ध नगर बनाउने र नगरको बिकासले फड्को मार्ने प्रतिबद्धता जनाइरहेका छन। केही राजनीतिक दलहरु घरदैलो कार्यक्रममा ब्यस्त भएका छनभने केही दलहरु कार्यकर्ता र शुभचिन्तकहरुलाइ चौकमा भेलागरि परिचयात्मक कार्यक्रम गरिरहेका छन। गौरादह नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गठबन्धनका साथ चुनावी मैदानमा उत्रिएका छन। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा ० एक्लाएक्लै चुनावी मैदानमा हुमिएका छन।

गौरादह नगरपालिकामा लोकप्रियता कमाएका एमाले,गठबन्धनका साथ कांग्रेस र राप्रपा निर्वाचन कार्यलयमा आफ्नो पार्टीको उमेदवार तय गरि मनोनयन दर्ता गरिसकेका छन। गौरादह नगरपालिकामा निकै बलियो मानिएको नेकपा एमाले कुनै दल सँग गठबन्धन नगरि चुनावी मैदानमा उत्रिएको छ।बैशाख ३० गते हुन गहिरहेको स्थानीय निर्वाचनका लागि एमालेले गौरादह-५ मा स्थायी बसोबास गरेका छत्रपती सुवेदीलाई मेयरको उमेदवारका रुपमा उभियाएको छ। यश अघि ताप्लेजुङ जिल्ला पंचायत सदस्य ,नेकपा एमाले पार्टीको ईलाका कमिटी अध्यक्ष, नेकपा एमाले झापा क्षेत्र नं.६ को क्षेत्रीय अध्यक्ष, जनताको तटबन्धन अन्तर्गत रतुवा खोला तटबन्धनको संयोजक हुँदै विभिन्न संघ संस्थामा रहेर काम गरिसकेका सुवेदीलाई एमालेले मेयरको रुपमा अघि सारेको छ। सुवेदीले गौरादह नगरपालिका वडा नं.५ को वडाध्यक्षको भुमिका निर्वाह गरिसकेका छन। २०७४ सालको स्थानीय निर्वाचनमा वडा नं.८ बाट वडा सदस्यमा निर्वाचित भई नगरको कार्यपालिका सदस्यको भुमिका निर्वाह गरिसकेकी जलवर्षा राजवंशी चौधरीलाई एमालेले उपमेयरको रुपमा अघि सारेको छ।

स्थानीय निर्वाचनकालागि ३ वटा दलको गठबन्धनले नेपाली कांग्रेसका नेता रोहित कुमार शाहलाई मेयरका रुपमा अघि सारेको छ। एक कार्यकाल मेयर चलाइसकेका शाह दोस्रो कार्यकालका लागि मेयरका लागि उमेदवार बनेका छन। जनताको सेवामा अग्रणी भुमिका निर्वाह गरि जनताको मन जित्न सफल शाह दोस्रो कार्यकालकाललागि गठबन्धनका तर्फबाट मेयरको उमेदवार बन्ने अवसर पाएका छन। पार्टीको इमानदार कार्यकर्ता र जनताको सेवकका रुपमा शाह यश क्षेत्रमा परिचित छन।अघिल्लो स्थानीय निर्वाचनमा जनताबाट मेयरमा निर्वाचित भएपछि ५ बर्षको कार्यकालमा भ्रष्टाचार तथा बेरुजुमा दाग नलागेका निस्कलंकित ब्याक्तीलाई गठबन्धनले मेयरको रुपमा उभियाएको छ। शाह महेन्द्र मोरङ क्याम्पस बिराटनगरमा अध्यान गर्दा ने.बि.संघ सचिब तथा ने।बि।संघ झापा संगठन बिभाग प्रमुख, नेपाली कांग्रेस महादिवेशन प्रतिनिधि र महासमिति सदस्यका साथै झापा क्षेत्र नं.६ को क्षेत्रीय सभापतिको भुमिका निर्वाह गरिसकेका छन।

गठबन्धनले नेकपा माओवादीका पुष्प ढकाललाई उपमेयरको उमेदवार बनाएको छ। सारोगाह्रो र अफ्ट्यारो परिस्थितिमा जनताका साथमा उभिएर समस्या सामधान गर्न अहम् भुमिका निर्वाह गरिरहेका ढकाल उपमेयरको उमेदवार बनेका छन। ढकाल यश अघिको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरको उमेदवार बनेका थिए। पत्रकारिता क्षेत्रमा कलम चलाई रहेका समाजिक तथा बौद्धिक ब्याक्तित्व गोपाल पौडेललाई राप्रपाले नगरको मेयरको उमेदवारका रुपमा अघि सारेको छ। आफ्नोे दलका नेता निर्वाचित भएमा भ्रष्टाचार रहित नगर बनाउदै जनताको सेवा गर्ने राप्रपाले प्रतिबद्धता जनाएको छ। पछिल्लो समय जनताबाट बिस्वास कमाएको राप्रपा स्थानीय निर्वाचन सम्म आइपुग्दा कुनै दल सँग गठबन्धन नगरी एक्लै चुनावमा लड्ने आँट गरेको छ। सबै वडामा आफ्नो दलको पकड बलियो रहेको बताउदै आएको राप्रपाले मनोनयन दर्ताको समयमा पार्टीको बलियो उपस्थिति देखाएको थियो। राप्रपाले गाउँ समाजमा रहेर नागरिकको सेवामा तल्लीन नेता भरिपुर्ण राईलाई उपमेयरको उमेदवार बनाएको छ।

तपाईको प्रतिक्रिया