Online Bichar
आइतबार, आश्विन १८, २०८३ | Sunday, October 4, 2026

 

काठमाडौं, २८ कात्तिक । नेपाली महिला राष्ट्रिय टोली आगामी सन् २०२० मा जापानमा हुने महिला ओलम्पिक फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।

ओलम्पिक छनोटमा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले समूहमा अपराजित रहँदै उत्कृष्ट तेस्रो हुँदै छनोटको दोस्रो चरणमा प्रवेश गर्‍यो।

नेपालले समूहका तीनै प्रतिद्वन्द्वीविरुद्ध १(१ गोलको बराबरी खेल्दै आफूलाई दोस्रो चरण प्रवेशको मुख्य दाबेदार बनायो।

समूहको तेस्रो स्थानमा रहनुको बाबजुद पनि नेपाली टोली उत्कृष्ट दुई तेस्रो टोलीमा अटाउँदै दोस्रो चरणमा प्रवेश गरेको हो।

नेपाल सम्मिलित समूह सी बाट म्यानमार समूह विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको छ।

पहिलो खेलमा बंगलादेशलाई ५(० ले पराजित गरेको आयोजक म्यानमारले दोस्रो खेलमा नेपालसँग १(१ को बराबरी खेल्यो। अन्तिम खेलमा मंगलबार भारतलाई २(१ ले हराउँदै म्यानमार अपराजित रहँदै ३ खेलमा ७ अंकसहित समूह विजेताका रूपमा दोस्रो चरणमा प्रवेश गरेको हो।

समूहमा उपविजेताका रूपमा दोस्रो चरण प्रवेश गरेको भारतले नेपालसँग १(१ को बराबरी खेल्दा दोस्रो खेलमा बंगलादेशलाई ७(० ले पराजित गर्दै ३ खेलमा ४ अंकसहित दोस्रो स्थान हासिल गर्‍यो।

तीनै खेलमा अपराजित रहेको नेपाल ३ अंक जोड्दै तेस्रो भयो भने बंगलादेश १ अंकसाथ चौथो भएर प्रतियोगिताबाट बाहिरियो।

छनोट प्रतियोगिताको ८ समूहबाट प्रत्येक समूहका शीर्ष दुई टोली र उत्कृष्ट २ तेस्रो स्थानको टोलीसहित १० टोली दोस्रो चरणमा प्रवेश गरेका छन्।

समूह ए बाट चाइनिज ताइपेइ र फिलिपिन्स, समूह बी बाट इरान र हङकङ दोस्रो चरणमा पुगे। यस्तै समूह डी बाट जोर्डन र इन्डोनेसिया दोस्रो चरणमा पुगेका छन्। यही समूहबाट प्यालेस्टाइन उत्कृष्ट तेस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन्।

उज्बेकिस्तान र भिएतनामसहित छनोट भएका यी १० टोलीले सन् २०१९ अप्रिलमा दोस्रो चरणको छनोट प्रतियोगिता खेल्नेछन्।

उक्त प्रतियोगिता तीन समूहमा विभाजन भएको खेलाइनेछ। प्रत्येक समूहको शीर्ष टोलीले छनोटको तेस्रो चरणमा स्थान बनाउनेछन्।

छनोटको तेस्रो चरणमा यी तीन राष्ट्रले अष्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाईल्यान्डसँग खेल्नेछन्।

यो प्रतियोगिताबाट शीर्ष दुई टोली आगामी सन् २०२० टोकियो ओलम्पिकमा छनोट हुनेछन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments