Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

गौरीगंज २७, कार्तिक । गौरीगंजको आठमौजा छोटी भन्सार कार्यालय स्तरोन्नति ९ मुख्य भन्सार हुने भएको छ ।

मेची भन्सार कार्यालय काकरभिट्टाका कार्यालय प्रमुख टेक बहादुर अर्यालको नेतृत्वमा आएको टोलीले हिजो  गौरीगंज गाउँपालिका स्थित भारतीय सीमा नाका नजिक फत्तेपुर जनतामा स्थलगत निरीरक्षण गरी आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरि मुख्य भन्सार कार्यालय निर्माण गरिने बताउनुभएको हो ।

आगामी मंसिर १ गते देखि ४ गतेसम्म काठमाडौमा हुने नेपाल भारतका भन्सार प्रमुखहरूकोे संयुत्त बैठकमा आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरि मुख्य भन्सार कार्यालय निर्माण गर्न भारतिय पक्षसंग छलफल गरि अन्तिम टुंगो लगाउने मेची भन्सार कार्यालयका प्रमुख अर्यालले बताउनुभयो ।

उहाँले यहि आर्थिक वर्षदेखि भन्सार निर्माणका लागि आवश्यक कार्य शुरू गरिने बताउनुभयो । भन्सार कार्यालयका लागि कम्तिमा १० कठ्ठा जग्गा आबश्यक हुने हुदा त्यसको व्यवस्थापन स्थानिय सरकारले गर्नु पर्ने उहाँले बताउनुभयो ।

गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगंज भन्सार निर्माण भएको खण्डमा यहाँको आर्थिक गतिविधि बढी स्थानिय मानिसहरूको आयआर्जन बढ्ने बताउनुभयो । भन्सार निर्माणका लागि गौरीगंज गाउँपालिकाले जग्गा व्यवस्थापन छिट्टै व्यवस्थापन गरि भन्सार निर्माणका लागि सजग वातावरण बनाईने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

गौरीगंज गाउँपालिकाको विकास मेरूदण्ड मध्ये एक भन्सार पनि भएको हुदा भन्सारको निर्माणले गौरीगंजको मुहार फेरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उधोग वाणिाज्य संघ गौरीगंजका अध्यक्ष तथा वडा नं ३ का अध्यक्ष मखना महतो गैदारले भन्सार निर्माणले यहाँको ठाउँको विकाससंगै जनताको पनि विकास हुने बताउनुभयो ।

जनताले प्रत्यक्षरूपमा रोजगारी पाउने र उनीहरूको आयआर्जनमा टेवा पुग्ने अध्यक्ष महतोले बताउनुभयो । भन्सार स्तरोन्नतिले सरकारको राजस्व संकलनमा पनि वृद्धि हुने उहाँको भनाई थियो ।

आठमौजा छोटी भन्सार कार्यालय खजुरगाछी गौरीगंजले गत साउन महिनामा ६६ हजार ६ सय ३९ रूपैयाँ , भदौ महिनामा ५७ हजार ६ सय ४९ रूपैयाँ, असोज महिनामा ४७ हजार ५९ रूपैयाँ, कार्तिक २५ गते सम्म ३० हजार ४० रूपैयाँ गरि जम्मा २ लाख १ हजार ३ सय ८७ रूपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चिनी, लसुन, लत्ता कपडालगायतको सामानबाट राजस्व संकलन गरेको हो ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments