Online Bichar
सोमबार, आश्विन ०५, २०८३ | Monday, September 21, 2026

काठमाडौं, १६ माघ २०७८ । आज शेयर बजार १०५ अंकले बढेको छ । हप्ताको पहिलो दिन शेयर बजार बढेर १०५ अंकले बढेर हरियाली छाएको छ ।शेयर बजार परिसूचक नेप्से आइतबार १०५.५५ अंकले बढेर २ हजार ८ सय ८५ दशमलव ५३ विन्दुमा पुगेको छ ।

आइतबार सबै समूहको शेयर बढेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अंकले बढेको छ ।

आइतबार २३१ कम्पनीका १ करोड २१ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २६ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । २३१ मध्ये ११ वटा कम्पनीको शेयर घटेको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments