Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

झगेन्द्र खड्का
गौरादह, २४ पौष । झापाको गौरादहमा संचालन भएको अन्तरपालिका कराते प्रतियोगितामा बिर्तामोड नगरपालिका प्रथम भएको छ। गौरादह नगर खेलकुद विकास समितिले मेयर कप अन्तरगत आयोजना गरेको कराते प्रतियोगितामा बिर्तामोड नगरपालिकाले उपाधीको रक्षा गरेको छ।

अर्जुनधारा नगरपालिका दोस्रो र दमक नगरपालिका तेस्रो भएको खेलकुद विकास समिति गौरादहका सचिब निर्मल बाँस्तोलाले जानकारी गराए। बिजेता खेलाडीहरुलाई ट्रफी र अन्य सहभागी खेलाडीहरुलाई मेडल र प्रमाणपत्र बितरण गरिएको थियो। गौरादह नगरपालिका खेलकुद विकास समितिले गौरादहमा पहिलो पटक संचालन गरिएको कराते प्रतियोगितामा विभिन्न उमेर समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।

सामुदायिक भवन गौरादहमा संचालन गरिएको प्रतियोगितामा झापा जिल्ला भित्रका १२ वटा पालिका सहभागी भएका थिए। कराते प्रतियोगितामा विभिन्न उमेर समूहका पुरुष महिला सहित १ सय ४४ खेलाडी सहभागी भएको र दुई खेल संचालन गर्दा करिब ३ लाख २५ हजार खर्च भएको आयोजक समितिका सचिब बाँस्तोलाले जानकारी गराए।

शुक्रबार सुरु भई शनिबार सम्पन्न भएको खेलमा गौरादह नगरपालिकाका पुर्ब कराते खेलाडी बिनोद बस्नेतलाई बल्याक बेल्ट प्रदान गरिएको छ। करातेका केन्द्रीय प्रशिक्षक मदन उप्रेतीले उनलाई बल्याक बेल्ट प्रदान गरेका थिए।

समापन कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नं. १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मानव जीवनको सर्वाङगिण विकासका लागि खेलकुद आवश्यक रहेको धारणा राखेका थिए। खेल क्षेत्रलाई विकास गर्न सके युवाहरुमा अनुशासनको विकास हुने बताएका छन्।

तपाईको प्रतिक्रिया