Online Bichar
मंगलबार, आश्विन ०६, २०८३ | Tuesday, September 22, 2026

मोरङ, ६ पुस २०७८ । मोरङको मिक्लाजुङ गाउँपालिका-६ बाट नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ-६ का २६ बर्षिय बिक्रम लावतीको घर कोठा खानतलासी गर्दा १५ ग्राम ५० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर फेला परेको हो ।

पक्राउ परेका लावतिलाई नापतौल गर्ने यन्त्र १ थान, को.३२प ७६०२ नम्वरको मोटरसाईकल १ थान, मोवायल १ थान, नगद ५ हजार २५ रुपैया सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय उर्लावारीबाट थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments