Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

झापा, ८ मंसिर २०७८ । झापाको दमकबाट जुवाजन्य तास खेलिरहेको अवस्थामा नगद सहित ९ जना मानिस पक्राउ परेका छन् । दमक नगरपालिका-५ का टेक वहादुर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनि ४६ वर्षीय टेक बहादुर कार्की, सोही स्थानका ५१ बर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी, ३८ वर्षीय नारायण कडरिया, ४१ वर्षीय सुर्य न्यौपाने, ४८ वर्षीय खगेन्द्र भुजेल, ४० वर्षीय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ वर्षीय प्रदिप थापा र कमल गाऊपालिका-५ का ३० बर्षीय सुरेश सुव्वा रहेका छन् ।

हिजो बेलुका साढे ३ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तिन बुङ तास र नगद २९ हजार ७ सय ४५ रुपैया सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरु उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया