Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

गौरादह, २३ असोज २०७८ । देशभर आज ७ सय ६० जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ६ हजार १ सय ६८ जना र एन्टिजेन परिक्षणबाट ५ हजार ८ सय ६३ जना गरी कुल १२ हजार ३१ जनामा कोरोना परिक्षण गर्दा ७ सय ६० जना संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट ६ सय ३६ जना र एन्टिजेन परिक्षणबाट १ सय २४ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख ६ हजार १ सय ३३ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ९२ हजार ९ सय ६३ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ९९ हजार ९६ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ८ सय ९९ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ७५ हजार ७२ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९६.७ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ४२ लाख ७९ हजार ७ सय १ जना र एन्टिजेन परिक्षणबाट ६ लाख ११ हजार ७ सय ९५ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा १४ हजार १ सय ६८ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार १ सय ७२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ३ सय १७ जना आई।सी।युमा र १ सय १३ जना भेन्टिलेटरमा रहेका छन् । २ सय ३६ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, १५ हजार ३ सय ४० पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा ९० हजार ९ सय ९३ जनाले खोप लगाएको जनाइएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ८ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १९ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ११ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५९ र निजी ४१ गरि १०० वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया