Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

बिनिता निरौला
गौरादह, २६ भदौ । झापाको महारानीझोडा बचत तथा ऋण सहकारी संस्था गौरादहले आर्थिक बर्ष २०७७।०७८ मा १० करोड ९६ लाख १ हजार १ सय ९२ रुपैयाँ बराबरको कारोबार गरेको छ।

सहकारीको मुख्य कार्यलय रहेको आफ्नै निजि भवनमा आज संस्थाको २२ औं साधारणसभाको उद्घाटनको अवसरमा संस्थाका अध्यक्ष मित्र देब काफ्लेले संस्थाको प्रगति प्रतिबेदन तथा चालु आर्थिक बर्षको नीति कार्यक्रम पेश गरेका थिए ।

संस्थाको कुल सेयर पुँजी १ करोड २९ लाख ९३ हजार १ सय रहेको र संस्थाले यस आर्थिक बर्षमा ३४ लाख ६ हजार ३ सय ४७ रुपैयाँ खुद नाफा गरेको अध्यक्ष काफ्लेले बताए।

कोरोना भाइरस संक्रमण जोखिमको कारण कार्यक्रमलाई छिटो छरितो बनाउन अध्यक्ष काफ्लेले संस्थाको प्रगति प्रतिबेदन तथा आर्थिक प्रतिबेदन छोटकरिमा प्रस्तुत गरेका थिए। भाइरसका कारण भिडभाडका साथ साधारणसभा गर्न नसकिने अवस्था सृजना भएकाले शनिबार सुरु गरिएको साधारणसभा २९ गते सम्म रहने बताइएको छ।

१ हजार २ सय ७६ जना सेयर सदस्य रहेको संस्थामा सबै जना एकैसाथ जम्मा हुँदा भिडभाड हुने भएकाले साधारणसभाको समय ४ दिन राखिएको संस्थाका कोषध्यक्ष युवराज बाँस्कोटाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा गौरादह नगरपालिका वडा नं -५ का वडाध्यक्ष छत्रपति सुवेदीले साधारण सभाको उद्घाटन गरेका थिए । साधारणसभाको समापनको अवसर पारेर असोज ५ गते पुरस्कार तथा सम्मानको कार्यक्रम राखिएको संस्थाका कोषाध्यक्ष बाँस्कोटाले जानकारी गराए।

साधारणसभाको उद्घाटनको अवसरमा संस्थाका संस्थापक अध्यक्ष रमेस खरेल, संस्थाका संस्थापक उपाध्यक्ष कपिलमणी काफ्ले लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका उपाध्यक्ष जगनाथ खनालले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब बेदु भण्डारीले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया