Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठमाडौं, ७ भदौ २०७८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले मूल्य बढाएको हो ।

निगमले विज्ञप्ति जारी गर्दै भारतबाट नै मूल्य बढेर आएको जनाउँदै पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य २ रुपैँयाका दरले बढाएको हो । नयाँ कायम मूल्य अनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय १३ रुपैयाँ पुगेको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाउँदै प्रतिकिलोलिटर ७ सय ७० अमेरिकी डलर कायम भएको छ ।

यस्तै, खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ । नयाँ मूल्य सूची अनुसार अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय ५० रुपैँया कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments