राजश्व संकलन घट्यो
झगेन्द्र खड्का
गौरीगंज, ११ साउन । इलाका प्रशासन कार्यलय झापा गौरीगञ्जबाट नयाँ नगरिकता लिने भन्दा प्रतिलिपि लिनेको संख्या बढी छ । आर्थिक बर्ष २०७७।०७८ मा गौरीगंजबाट २ हजार ४ सय ५२ जनाले नयाँ नागरिकताको सेवा लिए भने २ हजार ८ सय ६४ जनाले नागरिकताको प्रतिलिपी बनाएका छन् ।
कार्यलयले सार्बजनिक गरेको तथ्यांकका आधारमा इलाका प्रशासन कार्यलय गौरीगंजबाट गत एक बर्षमा २ हजार ४ सय ५२ जनाले नयाँ नागरिकताको सेवा लिएका छन् । आर्थिक बर्ष २०७७।०७८ मा १ हजार २ सय ८९ महिला र १ हजार १ सय ६३ जना पुरुषले नागरिकता सम्बन्धि सेवा लिएका हुन् ।
कोरोना भाइरस संक्रमणका कारण लक डाउन गरिदा कार्यलयमा सेवा लिन आउने सेवाग्राहीको संख्यामा कमि आएको छ। आर्थिक बर्ष २०७७।०७८मा ६६ जनाले बैबाहिक अंगिकृत नागरिकता लिएका छन् । कार्यलयबाट २ हजार ८ सय ६४ जनाले नागरिकताको प्रतिलिपी बनाएका छन् । प्रतिलिपी बनाउनेमा १ हजार ३ सय २९ महिला र १ हजार ५ सय ३५ पुरुष रहेका छन् । राष्ट्रिय परिचय पत्र बनाउने क्रममा नागरिकता सक्कल नागरिकता मक्किएका, हराएका, च्यातिएको कारण धेरैले यो बर्ष प्रतिलिपी लिएका ईलाका प्रशासन कार्यलय गौरीगंजका प्रमुख कमल ढुङगेलले जानकारी गराए ।
गत आर्थिक बर्षमा १८ जनाले नाबालक परिचय पत्र बनाएका छन् । नाबालक परिचय पत्र बनाउनेमा ७ पुरुष र ११ महिला रहेका छन्। आर्थिक बर्ष २०७७।०७८ मा कार्यलयबाट ७ सय ८३ जनाले राहादानी बनाएका छन् । राहदानी बनाउन १ सय ७९ जनाले द्रुत सेवा लिएका छन् । आर्थिक बर्ष २०७५।०७६ को तुलनामा आर्थिक बर्ष २०७६।०७७ मा कार्यलयमा सेवा लिन आउने सेवाग्राहीको संख्यामा कमि भएपनि आर्थिक बर्ष २०७७।०७८ मा भने केही थप भएको छ ।
आर्थिक बर्ष ०७६।०७७ मा ६६१ महिला र ६०६ पुरुष सहित १ हजार २ सय ६७ जनाले ईलाका प्रशासन कार्यलय गौरीगंजबाट नयाँ नागरिकता बनाएका थिए । त्यसैगरी वैवाहिक अंगिकृत नागरिकता २७ जनाले बनाएका थिए । आ.ब. ०७५।०७६ मा ६८ जनाले बैवाहिक अंगिकृत नागरिकता बनाएका थिए ।
राजश्व संकलन घट्यो
ईलाका प्रशासन कार्यलय गौरीगंजले आर्थिक बर्ष २०७७।०७८ मा ४२ लाख ४९ हजार ७ सय ५० रुपैयाँको राजस्व संकलन गरेको छ। राहादानी शुल्कबाट ४२ लाख २७ हजार ५ सय र अन्य प्रशासनिक सेवा शुल्कबाट २२ हजार २ सय ५० रुपैयाँ राजस्व संकलन गरेको कार्यलयका लेखा कर्मचारी यम नाथ संजेलले बताए ।
कोरोना भाइरस संक्रमणका कारण कार्यलयमा सेवा लिन आउने सेवाग्राहीको संख्यामा कमी आउदा राजस्व संकलन घटेको हो । कार्यलयमा सेवा लिन आउने सेवाग्राहीको संख्यामा बृद्धी हुदा राजस्व संकलन बढ्नेमा कोरोना भाइरस बाधक बनेको छ ।
ईलाका प्रशासन कार्यलय गौरीगंजमा आर्थिक बर्ष २०७५।०७६ मा ७० लाख १२ हजार ५ सय राजस्व संकलन भएकोमा आर्थिक बर्ष २०७६।०७७ मा ५६ लाख ३० हजार ३ सय ५० रुपैयाँ राजस्व संकलन भएको थियो । भाइरस संक्रमणका कारण निशेधाज्ञा जारी गरिदा राजस्व संकलन कमी भएको कार्यलयका प्रमुख ढुङगेलले जानकारी गराए ।






