Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा, ३ साउन २०७८ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय १ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ६ हजार ६ सय २८ र एन्टिजेन परिक्षणबाट ३ हजार गरि ९ हजार ६ सय २८ जनामा कोरोना परिक्षण गर्दा कुल १ हजार ८ सय १ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार २ सय २३ र एन्टिजेन परिक्षणबाट ५ सय ७८ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ६७ हजार १ सय ९ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ४८ हजार ९ सय ४० पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख १६ हजार ४९ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६७ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.७ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३४ लाख ६९ हजार ६ सय ८५ जना र एन्टिजेन परिक्षणबाट २ लाख ६२ हजार ८ सय ३१ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २२ हजार ८ सय ३४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ६ सय ५१ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ६१ जना आई.सी.युमा र १ सय ६५ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments