Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा, २ श्रावण २०७८ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ६ हजार ८ सय ५८ र एन्टिजेन परिक्षणबाट ३ हजार २ सय ८ जना गरि १० हजार ६६ जनामा कोरोना परिक्षण गर्दा कुल १ हजार ८ सय ७५ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ३ सय १० र एन्टिजेन परिक्षणबाट ५ सय ६५ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ४८ हजार ३ सय ६२ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ७ लाख १४ हजार २ सय ४८ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय ६४ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.७ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३४ लाख ६३ हजार ५७ जना र एन्टिजेन परिक्षणबाट २ लाख ५९ हजार ८ सय ३१ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २३ हजार ४ सय ७७ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ४ सय ७५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ८३ जना आई.सी.युमा र १ सय ७१ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २३ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments