Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठ्माडौं, २९ असार २०७८। सरकारले चीनबाट खरिद गरेको खोप भेरोसेल र अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तरगत उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप आजदेखि लगाउन सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशन गरी असार २९ गतेदेखि देशभर नै खोप लगाउन सुरु गर्ने जनाएको हो ।

भेरोसेल खोप ५५ बर्षमाथि उमेर समुहका एक मात्रा पनि खोप नलगाएका व्यक्ति, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक सहचालकहरुलाई लगाउने निर्णय भएको छ ।

यस्तै, सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन छुटेका व्यक्ति र खोप अनिवार्य गरेको देशमा जाने नेपाली नगारिकहरुलाई समेत दिइने छ ।

यस्तै सोमबार प्राप्त भएको जोनसनको १५ लाख डोज खोप भने ५० देखि ५४ वर्ष उमेर सम्मका खोप लगाउन छुटेका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्ता भएका व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थीहरु र खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई लगाइने मन्त्रालयले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments