Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, २८ असार २०७८ । अमेरीकी सरकारले नेपाललाई दिएको १५ लाख बढी खोप काठमाडौं आइपुगेको छ ।

जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप दुबइबाट कतार एयरवेजमार्फत आज काठमाडौं आइपुगेको हो ।

विमानस्थलमा पत्रकार सम्मलेन गर्दै नेपालका लागि अमेरिकी राजदुत रेन्डी बेरीले १५ लाख ३४ हजार ८ सय ४० मात्रा खोप अमेरिकाले नेपाललाई उपहार दिएको बताउनुभयो । उक्त खोप बेरीले स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।

जोन्सन एण्ड जोन्सन कम्पनीको उक्त खोप एक मात्रा लगाए हुन्छ । कोभ्याक्समार्फत आज अमेरिकाबाट प्रारम्भिक सहयोग स्वरुप खोप प्राप्त भएको हो । यसले नेपालका १५ लाख मानिसको जीवन रक्षा गर्ने राजदुत बेरीले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments