Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

झापा, २७ असार २०७८ । देशभर आज १ हजार ८ सय ३१ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ५ हजार ५ सय ३५ र एन्टिजेन परिक्षणबाट ३ हजार ६ सय ८३ जना गरि ९ हजार २ सय १८ जनामा कोरोना परिक्षण गर्दा कुल १ हजार ८ सय ३१ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार २ सय ३७ र एन्टिजेन परिक्षणबाट ५ सय ९४ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ५५ हजार ४ सय ४९ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ४३ हजार ६ सय ३९ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ९९ हजार ८८ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३३ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४.६ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३४ लाख १५ हजार ४ सय ७५ जना र एन्टिजेन परिक्षणबाट २ लाख ३४ हजार ७ सय ७७ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा २३ हजार ४ सय ७१ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ७ सय २ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ५ सय ५३ जना आई.सी.युमा र १ सय ७५ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २४ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २० जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments